काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार एक तोला सुनको मूल्य दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।








