राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन् । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने बुझाई रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताइन् ।

उनले भनिन्, ‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने हुन्छ र राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने होइन कि एकदमै प्रभावकारी थलो हो । यसले कतिपय महत्वपूर्ण कानूनमा पनि भूमिका निर्वाह गरेको हुन्छ ।  साथै हाम्रो टिमले राष्ट्रिय सभाको सदस्यहरुले पनि प्रभावकारी काम गर्छन् भन्ने कुरा देखाउनुपर्छ । संविधान र पार्टी नीति सिद्धान्त स्थापित गर्नको लागि पनि मेरो भूमिका राष्ट्रिय सभामा हुनेछ ।’

राष्ट्रिय सभालाई विज्ञ र अनुभविहरुको सभा भनेर मानिन्छ भने त्यसको नयाँ अभ्यासको सुरुवात पनि गर्नुपर्ने उनको भनाई छ । साथै, उनले दलिय व्यवस्थामा व्यक्तिको हिरोइजम होइन पार्टीको विचार, सिद्धान्त र कार्यक्रम अनुसार काम गर्नुपर्ने भन्दै पार्टीले दिएको जिम्मेवारलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताइन् ।

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »

बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका

Read More »

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको

Read More »

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »