मधेशमा शान्ति कायम गर्न गृहमन्त्रीको सक्रियता : मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ, २३ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगि पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ । ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरूले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरूसँग उहाँले आज समसामयिक विषयमा छलफल गर्नुभएको हो ।

पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै मन्त्री अर्यालले संवैधानिक निकायको काम, कर्तव्य, अधिकार, आयोगले भोगीरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षालगायत विषयमा पनि आयोगका पदाधिकारीहरूसँग विचारविमर्श गर्नुभएको थियो । छलफलको क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गर्नुभयो ।

नागरिक समाजको रूपमा रहेका आयोगहरू तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्याहरू समाधान उन्मुख भएको भन्दै मन्त्री अर्यालले त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्भाव कायम राख्ने सम्बन्धमा सबैको सकारात्मक भूमिकको अपेक्षा राख्नुभएको थियो । त्यस्तै पछिल्ला घटनाक्रमलाई समयमै सम्बोधन गरी सामाजिक सद्भाव कायम राख्ने सम्बन्धमा गृह मन्त्रालयले सक्रियता देखाई अवैध गतिविधिमा संलग्नलाई कारबाही, सरोकारवालासँग समन्वय बैठक, सद्भाव ¥याली, चेकजाँच कडाइ र शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायत कार्यहरू गर्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरीएको सर्कुलरको आयोगका पदाधिकारीहरूले स्वागत गर्नुभयो ।

गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयहरूमा आयोगका तर्फबाट आवश्यकताअनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षा समेत राख्नुभयो । धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने वा खल्बल्याउने जोसुकै उपर कानुन बमोजिम कारवाही हुने बताउँदै मन्त्री अर्यालले विवेकको संरक्षकको रूपमा रहेका आयोगहरूले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउनेलगायत कार्यहरू गरी यस्ता समस्याको दीर्घकालिन समाधानको लागि आयोगको तर्फबाट आवश्यक कार्यक्रमहरू गर्न अनुरोध समेत गर्नुभयो ।

छलफलको क्रममा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेशी आयोग कुनै धर्म विशेषको भन्दा पनि समग्र मधेशी समुदायको आयोग रहेको बताउनुभयो । त्यस्तै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले समाजमा धार्मिक, सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा आयोगले सधैँ आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »

बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका

Read More »

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको

Read More »

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »