जेन्जी आन्दोलनबाट उदाएका रवि किरण हमाल सुर्खेत-१ बाट प्रतिनिधिसभाका लागि सिफारिस

काठमाडौँ । जेन्जी आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

राप्रपाले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हमाललाई पार्टीभित्र उदाउँदै गरेका प्रभावशाली र सम्भावनाशील युवामध्ये एकका रूपमा अघि सारेको जनाएको छ। पार्टीका अनुसार, समसामयिक राजनीतिक बहसमा सक्रिय उपस्थिति, वैचारिक स्पष्टता र संगठनात्मक क्षमताका आधारमा उनलाई सिफारिस गरिएको हो ।

एक दशकदेखि निरन्तर व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन्जी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए । उनले शासकीय स्वरूप र सार्वजनिक संस्थाहरूको पुनर्संरचनाको मुद्दालाई जबरजस्त अगाडि बढाएका थिए। युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा उक्त आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिन्छ ।

राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल सार्वजनिक बहसमा सशक्त प्रस्तुति र स्पष्ट दृष्टिकोणका कारण चिनिएका युवा नेता हुन् । उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्व र पुस्तान्तरणको बहससँग जोडेर हेरिएको छ ।

आगामी निर्वाचनमा हमाल सुर्खेत–१ मा विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग प्रतिष्पर्धामा उत्रिने सम्भावना देखिएको छ। पुस्तान्तरणको बहस तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा राष्ट्रिय पहिचान बनाइसकेका युवा नेताका रूपमा हमालले सुर्खेत–१ मा बलियो राजनीतिक पकड जमाउन सक्ने आँकलन गरिएको छ ।

बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका

Read More »

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको

Read More »

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »