कोशी मन्त्रिपरिषद् बैठकः योजना आयोग गठन तथा सञ्चालन आदेश स्वीकृत

विराटनगर । कोशी प्रदेश सरकारको पुनर्गठनपछिको पहिलो बैठक बसेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ ।

प्रवक्ता पराजुलीका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्लाई राय, सुझाव र सल्लाह दिनका लागि तीन वटा विषयगत समितिहरू पुनर्गठन भएको छ, जसमा राजनीतिक तथा प्रशासनिक समिति संयोजकमा मन्त्री भीम पराजुली र सदस्यहरूमा इन्द्रमणि पराजुली, विदुर लिङ्थेप, रामप्रसाद मेहता रहेका छन् ।

यस्तै कानुन, न्याय तथा प्रदेश मामिला समितिको संयोजकमा इन्द्रमणि पराजुली, सदस्यहरूमा तिलचन पाठक, मानबहादुर लिम्बू र भीम पराजुली रहेका छन् । आर्थिक, सामाजिक तथा पूर्वाधार समितिको संयोजकमा प्रदीप सुनुवार, सदस्यहरूमा तिलचन पाठक, विदुर लिङ्थेप र इस्राइल मन्सुर रहेका छन् ।

यसैगरी बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन र एकीकृत गरी बनाइएको ‘कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०८२’ लाई स्वीकृत गर्ने निर्णय गरेको पराजुलीले बताए । 

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »