विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् । पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर महाधिवेशन माग्नु कांग्रेस कमजोर बनाउने होइन, बरु पार्टीलाई नागरिकसँग पुनः जोड्ने प्रयास भएको उनको भनाइ छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी नहुन नेताहरूलाई दबाब, फोन र चेतावनी दिइएको आरोप लगाए । ‘पार्टी फुट्छ भनेर साथीहरूलाई नआउनुस् भन्ने दबाब छ, निर्वाचन आउँदै छ भनेर डर देखाइँदै छ,’ उनले भने, ‘यो जिम्मेवार व्यवहार होइन ।’

महामन्त्री थापाले महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता व्यक्त गरिसकेको स्मरण गराउँदै आफूहरूको उद्देश्य पार्टीभित्र विग्रह ल्याउने नभएको स्पष्ट पारे । ‘हामी कांग्रेस कमजोर बनाउन होइन, नागरिकसँग कांग्रेस जोड्न खोजिरहेका छौँ,’ उनले भने । थापाले नियमित महाधिवेशनको कार्यतालिका घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने कार्यवाहक सभापतिद्वारा वाचन गरिएको प्रस्तावलाई विधानको अपव्याख्या गरिएको बताए ।

‘विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशनको अधिकार दिएको छ,’ उनले भने, ‘यसलाई विभाजनतर्फ लैजान्छ भन्ने हौवा फैलाइएको छ, तर विधानको कार्यान्वयन विभाजन होइन ।’

उनले भदौ २३ र २४ गते भएका घटनापछि देशको राजनीतिक अवस्था गम्भीर रूपमा बद्लिएको उल्लेख गर्दै त्यसको समीक्षा, आत्ममूल्यांकन र नेतृत्व–नीति सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताए । ‘भदौ २२ अघि र भदौ २५ पछिको नेपाल एउटै छैन,’ उनले भने, ‘नागरिक असन्तुष्टि किन भयो, हाम्रो भूमिका के रह्यो, कहाँ चुक्यौँ, यो छलफल नगरी अघि बढ्न सकिँदैन ।’

महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरू पार्टीविरोधी नभई विधानले दिएको अधिकार प्रयोग गरिरहेका पार्टीका जिम्मेवार सदस्य भएको बताए । ‘पार्टी टुट्नु भनेको औपचारिक विभाजन होइन, कार्यकर्ताको मन टुट्नु हो,’ उनले भने, ‘संवाद गरेर, सुनेर अघि बढे पार्टी एकताबद्ध रहन्छ ।

२७ र २८ गते आयोजना हुन लागेको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै थापाले पार्टी सभापतिलाई त्यसमा सहभागी हुन आग्रह गरे । ‘सभापति सहभागी हुनुभयो भने पार्टीको मान बढ्छ र सहमतिका ढोका खुल्छ,’ उनले भने ।

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »