आक्रमणको आशंकाबीच ट्रम्पलाई डेनमार्कको चेतावनी

काठमाडौं । डेनमार्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ग्रिनल्यान्डको विषयमा कडा चेतावनी दिएको छ । डेनमार्कको रक्षा मन्त्रालयले कुनै शक्तिले ग्रील्यान्डमाथि आक्रमण गरेमा उसका सैनिकहरूले गोली चलाउने बताएको छ ।

कुनै अनुमति वा आदेशको प्रतिक्षा नगरी तुरुन्तै जवाफी कारबाही गरिने उसको चेतावनी छ । यो आदेश सन् १९५२ को शीतयुद्धकालीन नियमअन्तर्गत पर्छ, जसले कुनै पनि वैदेशिक आक्रमणविरुद्ध तत्काल प्रतिरोध गर्ने व्यवस्था गरेको छ ।

डेनिस रक्षा मन्त्रालयले सन् १९५२ को उक्त आदेश अहिले पनि लागु रहेको र यसको उद्देश्य सम्भावित आक्रमणको अवस्थामा तत्काल प्रतिक्रिया दिनु रहेको स्पष्ट पारेको छ ।

आर्कटिक क्षेत्रमा अवस्थित ग्रिनल्यान्ड रणनीतिक रूपमा महत्वपूर्ण स्वायत्त क्षेत्र हो, जुन डेनमार्कको शासनअन्तर्गत पर्छ ।

ट्रम्प प्रशासनले हालै यसलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण भएको बताएको छ । अमेरिकाले सैन्य शक्तिको प्रयोगसहित ग्रिनल्यान्डमाथि नियन्त्रण कायम गर्ने विकल्पहरूमा योजना बनाइरहेको विषय बाहिर आएपछि विवाद चर्किएको छ ।

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »