जिप दुर्घटनामा दुई जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत), २५ पुस । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमैमृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिनुभयो । घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी, वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »