झुम्का कारागारबाट फरार सञ्जय बम काण्डमा पक्राउ

झापा । सार्वजनिकस्थलमा पटक / पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ पुनः पक्राउ परेका छन् ।

यही पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२०८१ साल पुसमै सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर भेटिएपछि नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो । सो घटनामा समेत खरेल पक्राउ परेका थिए ।

त्यसैगरी, २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए । उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । पक्राउ परेका खरेल उपर आज जिल्ला अदलत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइने उनले बताए ।

यही पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेपछि केही समय सवारी आवागमनसमेत ठप्प बनेको थियो । उक्त बमलाई नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो ।

प्रहरीका अनुसार घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत बरामद गरिएको थियो । प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए ।

उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको तथ्य पनि खुलेको छ । पछिल्ला केही वर्षयता बिर्तामोड र दमक क्षेत्रमा समेत बम राखेर त्रास फैलाउँदै आएको आरोप उनीमाथि लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »