शैक्षिक परामर्श क्षेत्र सुदृढ बनाउने लक्ष्यसहित एक्यानको नयाँ नेतृत्व गठन

काठमाडौँ । सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवारी निर्विरोध चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा मेघराज शाही र रमेश पाठक चयन हुनुभएको छ भने महासचिवमा दामोदर फुयाल निर्वाचित हुनुभएको छ। सचिव पदमा मनिष कुमार बर्देवा, कोषाध्यक्षमा मुकेश खतिवडा र सह–कोषाध्यक्षमा हिरानाथ महर्जन चयन भएका छन्।
केन्द्रीय समितिका सदस्यहरूमा सुजन लामिछाने, प्रमिला पुरी भारती, सुमन थापा, कृष्णहरि सापकोटा, प्रेमप्रसाद शर्मा पौडेल, राधिका शाही, गंगाराम बस्नेत, सुवास थापा, विष्णु अधिकारी र राजकुमार महर्जन निर्विरोध निर्वाचित भएका छन्। नयाँ समितिले संस्थाको संगठनात्मक मजबुतीमा जोड दिने अपेक्षा गरिएको छ।

साधारण सभामा शैक्षिक परामर्श क्षेत्रका वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे व्यापक छलफल गरिएको थियो। सहभागीहरूले क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन एक्यानले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
नवनिर्वाचित नेतृत्वले शैक्षिक परामर्श व्यवसायलाई व्यावसायिक मापदण्डअनुसार अघि बढाउँदै सदस्यहरूको हकहित संरक्षण, नीतिगत सुधार र संस्थागत विकासमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ। आगामी कार्यकालमा एक्यानले शैक्षिक परामर्श क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »