विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोकौँ : प्रवक्ता महत

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कर्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेकाले अहिले विशेष महाधिवेशन सान्दर्भिक नभएको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह गरे । आम निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको सन्दर्भमा तत्काल रोक्नुपर्ने बताए ।

उनले भने, ‘पार्टीले एउटा निर्णय गरिसकेको छ । नियमित अधिवेशन गर्ने । नियमित अधिवेशन यो समयमा सम्पन्न गर्न नसकिने अवस्थामा संशोधित कार्यतालिका पास गरेको छ । त्यो निर्णय हामी सबैले मान्नुपर्छ । पदाधिकारी साथीहरुले त झन् निर्णय कार्यान्वयन गर्न लाग्नुपर्छ । यो अवस्थामा विशेष अधिवेशनको वैधानिक, व्यवहारिक कोणबाट उचित छैन । विशेष अधिवेशनमा सहभागी हुन हुँदैन ।’ महतले भने, ‘आम निर्वाचनमा सम्पूर्ण पार्टीको शक्ति केन्द्रित गरौँ ।

हामी अझै चाहन्छौँ, विशेष अधिवेशनको सन्दर्भलाई यहीँ रोकौँ । सम्पूर्ण पार्टी एकत्रित भएर जाऔँ । आम निर्वाचनमा जाने क्रममा एजेण्डा लिएर जानेबारे सोचौँ । आम कार्यकर्ताको भावनाअनुसार पार्टी चल्ने हो । यो अवस्थामा हामी विभाजित हुने होइन, एकत्रित भएर सम्पूर्ण शक्ति लगाएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ । नीतिगत प्रस्तावहरु केन्द्रीय समितिबाट पारित गरौँ ।’ प्रवक्ता महतले अहिले कांग्रेस विचाजित हुने नभइ एकत्रित भएर आम निर्वाचनमा लाग्ने बेला भएको बताए ।

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »