धनुषाको सतलोक आश्रममा झडप, दर्जनौं घाइते

जनकपुर । धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ । आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् । घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ ।

सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन् । सोही विषयलाई लिएर स्थानीयवासीहरुको एक समूह आज आश्रम पुग्दा आश्रमका अनुयायीहरुसँग झगडा हुन पुगेको थियो ।

सोही क्रममा दुवै पक्षका दर्जन बढी व्यक्तिहरु घाइते भएका छन् । केहीको टाउको फुटेको छ भने केही स्थानीयको हात र खुट्टामा चोट लागेको छ ।

अहिले स्थानीयहरुले मुख्य सडक अवरुद्ध गरेका छन् । जसकारण आवतजावत गर्ने सयौं मालवाहक ट्रक, यात्रुवाहक बस र हलुका सवारी साधनहरु बाटोमै घेरिएका छन् । धनुषा प्रहरीको टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

सरकारको हस्तक्षेपपछि फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नेपालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि ३८४ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्यका लागि हुने चुनावमा ३८४

Read More »

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको

Read More »

ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता

काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरूलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आगामी आर्थिक

Read More »

विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । पौडेल पत्नी

Read More »

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले

Read More »