जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली

झापा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो । “शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,” उहाँले भन्नुभयो, “हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।” निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उहाँले आग्रह गर्नुभयो । आजै उहाँ काठमाडौँबाट चन्द्रगढी विमानस्थलमा आइपुग्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीलगायत कार्यकर्ताले स्वागत गरेका थिए ।

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं ५ मा आफ्नो उम्मेदवारी दर्ताका लागि आउनुभएको जिल्ला अध्यक्ष गिरीले बताउनुभयो । पार्टीले निर्वाचन सन्दर्भमा आयोजना गर्ने कार्यकर्ता भेला र बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने समेत कार्यक्रम रहेको उहाँले बताउनुभयो । गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्लामा पहिलोपल्ट आउनुभएको हो ।

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

Read More »

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »