एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर

काठमाडौं । क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेको छ । यस अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् ।

यस अफरअन्तर्गत करसहित २९९ रुपैयाँ वा सोभन्दा माथिका एनसेल डेटा वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुटको लागि कुपन प्राप्त गर्दछन् । यसरी प्राप्त हुने छुट कुपन नेपालका आधिकारिक टी–२० क्रिकेट विश्वकप मर्चेन्डाइज खरिद गर्दा भाटभटेनीको अनलाइन स्टोरमा प्रयोग गर्न सकिन्छ । यो अफरले क्रिकेट प्रेमीहरूलाई गर्वका साथ मर्चेन्डाइज प्रयोग गर्ने अवसर प्रदान गर्दै राष्ट्रिय क्रिकेट टोलीसँग भावनात्मक रूपमा झन् बढी जोड्ने अपेक्षा गरिएको छ । अफरअन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ ।

यो अफर एनसेल एप, देशभरका एनसेल पसल तथा एनसेल सेन्टरहरूमार्फत उपलब्ध छ जसले देशका हरेक कुनामा रहेका क्रिकेट प्रेमीलाई यस उत्सवमा सहभागी हुने अवसर प्रदान गरेको छ । एनसेल एपमार्फत सहभागी हुन ग्राहकले एप खोली टी–२० विश्वकप क्याम्पेन ब्यानरमा क्लिक गर्न वा अफरअन्तर्गतका कुनै पनि प्याक चयन गरी खरिद प्रक्रिया पूरा गर्न सक्छन् । खरिदपछि ग्राहकले आफ्नो एनसेल नम्बरमा छुटको प्रोमो कोडसहित भाटभटेनीको लिङ्क भएको एसएमएस प्राप्त गर्छन् । त्यसपछि भाटभटेनीको लिङ्कमा क्लिक गरी ग्राहकले आफूलाई मनपर्ने मर्चेन्डाइज छनोट गर्न सक्छन् र चेक आउटका क्रममा प्रोमो कोड प्रयोग गरी छुटको लाभ लिन सक्छन् । अर्डरको पुष्टि भएपछि छनोट गरिएको मर्चेन्डाइज ग्राहकले रोजेको स्थानमा डेलिभरी गरिन्छ ।

यो अफर २०२६ मार्च ३१ अर्थात् २०८२ चैत १७ गते सम्म वा भाटभटेनी अनलाइन स्टोरमा अफरअन्तर्गतको मर्चेन्डाइज उपलब्ध रहुन्जेल लागू हुनेछ । ग्राहकहरूले अफरका लागि आफू योग्य रहने कुनै पनि प्याकको प्रत्येक खरिदमा एक मात्र प्रोमो कोड अर्थात् कुपन प्राप्त गर्छन । प्रोमो कोड साथीभाइ वा परिवारका सदस्यहरूलाई दिन पनि सकिन्छ । यद्यपी यो नगदसँग साट्न वा अन्य अफरसँग जोडेर प्रयोग गर्न भने सकिने छैन ।

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती । बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

Read More »

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »