चुनावमा एक थोपा रगत बग्नु हुँदैन, एक जना घाइते हुनुहुँदैन : प्रधानमन्त्री

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन् । महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन ।’ 

सोमबार १८ महिना लामो तालिम पुरा गरेर नेपाल प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । दीक्षित हुनेहरूमा ९ महिला र ८३ जना पुरुष छन् । 

प्रधानमन्त्री कार्कीले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई सम्बोधन गर्दै भनिन्, ‘ विगतको कमजोरी नदोहोर्‍याउने र भविष्यमा प्रहरीलाई व्यावसायिक बनाउने दायित्व तपाईंहरुको हो ।’ 

कानुन कार्यान्वयन गर्न अधिकतम शिष्टता र मानवता हुनुपर्ने उल्लेख गर्दै कार्कीले भनिन्, ‘तपाईंको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो ।’

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »

सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक

Read More »

विश्वकप फुटबलमा ब्राजिलद्वारा हाइटी पराजित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो

Read More »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »