रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। यद्यपि, अदालतले लामिछानेमाथि लगाइएको सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम रहने स्पष्ट गरेको छ।

सुमन खनाललगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको तथा रवि लामिछानेसहित अन्य प्रतिवादीहरूविरुद्ध दायर सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सङ्गठित अपराधको अभियोग फिर्ता लिन अनुमति प्रदान गरेको हो। अदालतको आदेशसँगै अब उक्त मुद्दा सहकारी ठगीसम्बन्धी कसुरमा केन्द्रित भएर अगाडि बढ्नेछ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »