शरद ओझा प्राधिकरणमा फर्किन नपाउने, अन्तरिम आदेशबारे पाँच महिनापछि सर्वोच्चको निर्णय

काठमाडौँ । बीमा प्राधिकरणमा शरद ओझा फर्किन नपाउने भएका छन् । तत्कालीन सरकारले गरेको बर्खास्ती निर्णयविरुद्ध सर्वोच्च गएका ओझाको पक्षमा निर्णय नभएसँगै उनी प्राधिकरणमा फर्किन नपाउने भएका हुन् । 

आइतबार न्यायधीशहरु नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले अन्तरकालीन आदेश निरन्तर नहुने गरी निर्णय गरेसँगै उनको प्राधिकरण फर्किने बाटो बन्द भएको हो । यसअघि भदौ २३ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरकालीन आदेश दिएको थियो । 

सर्वोच्चले सरकारले बीमा ऐन बमोजिमको छानबिन समिति गठन गरेको देखिएको र सो समितिले निवेदकलाई सुनुवाइको मौका समेत प्रदान गरेको अवस्थामा बर्खास्तीको निर्णय रितपूर्वक भएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

योसँगै अब प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिको बाटो खुला भएको छ । यद्यपि निर्वाचन आचारसंहिता सुरु भएकोले तत्कालै नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्न सक्ने अवस्था भने देखिँदैन ।

सरकारले केही दिन अघि मात्रै प्राधिकरणको अध्यक्षको जिम्मा अर्को सूचना जारी नभएसम्मका लागि सङ्घीय मामिला मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी तोकेर पठाएको छ ।  यसअघि अन्तरकालीन अन्तरिम आदेश पाएपछि ओझा प्राधिकरणमा हाजिर हुन गएका थिए । तर अर्थ मन्त्रालयको आदेशपछि उनलाई प्राधिकरणमा फेरि फर्किन पाएका थिएनन् । 

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »

सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक

Read More »

विश्वकप फुटबलमा ब्राजिलद्वारा हाइटी पराजित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो

Read More »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »