कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई कार्यवाहक राष्ट्रपति तोकिएको जानकारी राष्ट्रिय सभालाई गराइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणमा गएको कारण कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी यादवलाई तोकिएको जानकारी प्राप्त भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभालाई जानकारी गराएका हुन् ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् । उनी स्वदेश नफर्केसम्म राष्ट्रपतिले सम्पादन गर्ने कार्य उपराष्ट्रपति यादवले गर्नेछन् ।

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मकालु बेस क्याम्प ट्रेकको भिडियो पोस्ट

Read More »

सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज सुनसरी र मोरङ लगायत आसपासका जिल्ला भई बहने स-साना नदी तथा खोलाहरूमा आकस्मिक

Read More »

विश्वकप फुटबलमा ब्राजिलद्वारा हाइटी पराजित

काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ब्राजिलले हाइटीलाई पराजित गरेको छ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा ब्राजिलले समूह चरणका आफ्नो

Read More »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »