नेकपाले कसैसँग तालमेल गर्दैन : रञ्जित तामाङ

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीबाट झापा-५ मा उम्मेदवार रहेका रञ्जित तामाङले चुनावी गठबन्धन वा तालमेलको कुनै सम्भावना नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन साहसँग प्रतिस्पर्धामा रहेका तामाङले नेकपा कसैसँग चुनावी तालमेल नगरी एक्लै मैदानमा उत्रिएको बताए ।

उनले भनेका छन्, ‘म आफ्नो एजेन्डा र मुद्दा सुनाएर चुनावमा जाँदैछु, मतदाताको घरदैलोमा पुगेर मैले आफ्नो विषय र विचार राखेको छु । अरू सबैले पनि राख्ने क्रम जारी छ। मलाई आशा र विश्वास छ, यस पटकको जनताले आफ्नो मत स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगबाट व्यक्त गर्न पाउनुहुनेछ ।’

उनले चुनावी गठबन्धनबारे भइरहेको चर्चामा कुनै सत्यता नभएको दाबी गरेका छन् । नेकपा आफ्नो एजेन्डा र मुद्दा बोकेर स्वाधीनताको, राष्ट्रियताको, भ्रष्टाचारमुक्त नेपालको, सुशासनको र प्रत्यक्ष निर्वाचित कार्यकारीको, नव पुस्ताहरूको विद्रोहले उठाएको, त्यसको मर्म र भावना अनुरूपको ऐन कानुनहरू निर्माण गर्ने कुरामा र सबै प्रकारका उत्पीडित जाति, क्षेत्र, समुदाय, वर्ग र भूमिहीन, सुकुमबासी, मजदुर, किसानहरूको अधिकारलाई संस्थागत गर्ने एजेन्डा र मुद्दा लिएर चुनावमा गएको बताएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »