सिचाङका सभामुखसँग महावाणिज्यदूतको शिष्टाचार भेट

काठमाडौँ, २० माघ । चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद््को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको छ । उहाँ ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको बाह्रौँ जनकांग्रेसको चौथो अधिवेशन दुबईमा एक मात्र विदेशी कूटनीतिज्ञका रूपमा सहभागी हुनुभएको हो । कुनै पनि राष्ट्रका महावाणिज्यदूत स्तरका अधिकारी संसद्मा विशेष अतिथिका रूपमा उपस्थित हुने अवसर ल्हासाका नेपाली महावाणिज्यदूतलाई मात्र प्राप्त हुने गर्दछ ।

अघिल्लो दिन माघ १६ गते भएको जनराजनीतिक परामर्शदात्री सम्मेलनमा सिचाङ स्वायत्त क्षेत्रको सरकारले सन् २०२६ मा अवलम्बन गर्नुपर्ने नीति र प्रस्तुत गरेका थिए । सोही सम्मेलनले निर्देश गरेअनुरुप भोलिपल्ट माघ १७ गते सम्पन्न भएको संसद्को अधिवेशनमा सिचाङ स्वायत्त क्षेत्र सरकारका अध्यक्ष गामा छेतेनले २०२५ मा सरकारले गरेका मूलभूत कार्यको समीक्षात्मक जानकारी प्रस्तुत गर्दै २०२६ मा सम्पन्न गरिने प्रमुख कार्यक्रम तथा बजेट प्रस्ताव गरेको नेपाली महावाणिज्यदूतावासले जनाएका छ । उक्त अवसरमा चिनियाँ जनकांग्रेस स्थानीय समिति अध्यक्ष तथा सिचाङ स्वायत्त क्षेत्रीय जनकांग्रेस अध्यक्ष लुओ साङफ जियान काङले धार्मिक मामिलासम्बन्धी मस्यौदा नियमहरूको व्याख्या पेस गर्नुभएको थियो ।

सो अवसरमा सिचाङ स्वायत्त क्षेत्रलाई दक्षिण एसियाको उच्चस्तरीय प्रवेशद्वारका रूपमा विस्तार गर्दै गहिरो विश्वव्यापी सम्बन्धलाई बढावा दिने आफ्नो प्रतिबद्धता व्यक्त गरिएको थियो । यस वर्षको सरकारी नीति बजेट तथा कार्यक्रमा छिमेकी देशसँगका सीमा बिन्दुहरूमा पूर्वाधार विकासमा जोड दिइएको छ । संसद्् बैठकलगत्तै महावाणिज्यदूतले सिचाङ सरकारका उपमहासचिव एवम् जातीय, धार्मिक तथा वैदेशिक मामिला समितिका अध्यक्ष सभामुख दान्चेन लुन्चुसँग शिष्टाचार भेटघाट गर्नुभएको थियो र सो भेटका अवसरमा महावाणिज्यदूतले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि चर्चा गर्दै हालसम्म चीनले नेपालको विकासमा पु¥याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ ।

उहाँले नेपालका सङ्घीय तथा प्रादेशिक संसद््सँग सिचाङ स्वायत्त क्षेत्रको संसद्को भगिनी सम्बन्ध कायम गरी अनुभव आदान–प्रदान गर्न सके दुबै पक्ष लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष लुन्चुलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि अनुरोध गर्नुभयो भने अध्यक्ष लुन्चुले सिचाङलगायत चीनको विकासबाट नेपालजस्तो असल छिमेकी राष्ट्र लाभान्वित हुन सक्ने बताउँदै आफू र आफ्नो सरकार त्यसका लागि सदैव तयार रहेको बताउनुभयो । भेटमा द्विपक्षीय हितका अन्य विविध विषयमा छलफल भएको थियो भने दुबै पक्षबीच रहेको सम्बन्ध अझ बलियो बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »