फागुन २१ मा तोकिएको निर्वाचन केही समय पर सार्नुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट आफू विजयी हुनेमा अत्यन्तै विश्वस्त रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यसपटक आफू एकसय प्रतिशत मात्र होइन, दुईसय प्रतिशत नै विश्वस्त रहेको दाबी गरे । उनले विगतमा विभिन्न पार्टीलाई मतदान गर्दै आएका मतदाताहरूबाट समेत व्यापक माया, स्नेह र समर्थन प्राप्त भइरहेको बताए ।

‘काठमाडौं क्षेत्र नम्बर १ मा पहिले अन्य पार्टीलाई भोट हालेका मतदाताहरूले नै मलाई माया गरेर कार्यक्रमहरू आयोजना गरिदिनु भएको छ,’ उनले भने, ‘दुईवटा चुनावमा झिनो मतान्तरले पराजित भएकाले तेस्रो पटक जित्ने अवस्थामा आइपुग्दा आत्मविश्वास र खुशी हुनु स्वाभाविक हो । यो पटक काठमाडौं क्षेत्र नम्बर १ बाट म विजय हुन्छु भन्ने कुरामा म १०० प्रतिशत होइन २०० प्रतिशत विश्वस्त छु ।’

मिश्रले आफू विजयी भएर संसदमा पुगेपछि पार्टीले अघि सारेका एजेण्डाअनुसार देशलाई अगाडि बढाउन नसकिए देशको हित नहुने स्पष्ट पारे । यसैबीच, उनले आगामी फागुन २१ मा तोकिएको निर्वाचन केही समय पर सार्नुपर्ने धारणा पनि राखे । निर्वाचनअघि देश नयाँ समझदारीमा जान आवश्यक रहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण संक्रमण सर्वपक्षीय सहमतिबाट मात्र सम्भव हुने बताए ।

‘संविधानको सर्भिसिङ होइन, अब ओभरहोलिङ (वृहत मर्मत) आवश्यक छ,’ मिश्रले भने, ‘देश ओभरहोलिङ गर्नुपर्ने बिन्दुमा पुगेको छ । म जित्नेमा ढुक्क भए पनि निर्वाचनभन्दा अघि देश नयाँ समझदारीको बाटोमा जानुपर्छ, त्यसपछि मात्र निर्वाचन होस् भन्ने मेरो चाहना हो ।’

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »