पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पूराना पार्टीका सानातिना कमी कमजोरीहरुलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए । साथै, उनले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि बताए ।

उनले भने, ‘पूराना पार्टीहरु असान्दर्भिक भयो भन्ने जुन हल्ला आइ रहेको छ । त्यो गलत हो । पूराना पार्टीका सानातिना कमि कमजोरीहरुलाई बहाना बनाएर, त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेको छ । नेपालको राजनीतिक व्यवस्था माथि आक्रमण भइरहेको छ ।’

यस्तै, उनले वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरुको आफ्नो पार्टीलाई साथ र समर्थन गर्ने विश्वास लिएको बताए ।

उनले भने, ‘अहिले नेपालको स्वाधिनता सबैभन्दा महत्वपूर्ण विषय हो । नेपाल रहे मात्र हामी रहने हो, नेपाल स्वतन्त्र भए स्वतन्त्र हुने हो । त्यसकारण स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरुको साथ र समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने विश्वास छ ।’

साथै, नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन नभएको भन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमाले मात्र भएको पनि उनको भनाई छ । उनले भने, ‘हामीसँग अनुभव, परिपक्कता, ठोस नीति, कार्यक्रम र मुलुकलाई चलाउन सक्ने हिम्मत र अठोट पनि छ ।

हामी अरु पार्टीभन्दा भिजनरी पनि छांै । त्यसकारण मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी पनि हाम्रो पार्टी हो । नेपाली काङ्ग्रेसको कुरा गर्ने हो नयाँ अनुहारहरु छन् तर नयाँ नीति र भिजन भने छैन् ।’

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »