काठमाडौँमा चोरीको मोटरसाइकल र स्कुटरसहित दुई युवक पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले चोरीको स्कुटर र मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतका प्रहरी टोलीले सोमबार अलग–अलग स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले सोमबार बिहान ३ बजेतिर चेकजाँचका क्रममा चोरीको भेस्पा स्कुटरसहित एक युवकलाई पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका–१३ स्थित संयुक्त बसपार्कमा बागमती प्रदेश ०२–०२३ प ५८८० नम्बरको स्कुटरसहित बाजुराको गौमुल गाउँपालिका–१ घर भई हाल नयाँ बसपार्क बस्ने २० वर्षीय हेमराज बोहरा पक्राउ परेका हुन् ।

त्यस्तै, सोमबार राति नै मित्रनगर क्षेत्रबाट चोरीको मोटरसाइकलसहित अर्का एक युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर सडक किनारामा पार्किङ गरिराखेको बा ९४ प २३२९ नम्बरको मोटरसाइकल हराएको उजुरी परेको थियो । सोही आधारमा प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले खोजतलास गर्दा जाजरकोटको शिवालय गाउँपालिका–६ घर भई मित्रनगर बस्ने २० वर्षीय सुरेन्द्र खत्रीलाई पक्राउ गरेको हो ।

खत्रीले आफू बस्ने होटलको पार्किङमा चोरीको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले सोही स्थानबाट एउटै नम्बर प्लेट हालेको अर्को मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल कुमार बुढाथोकीले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »