कलंकीमा ‘Baleyo Experience’ प्रविधि एक्स्पो माघ २२ देखि सुरु हुने

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय सागर ग्रुपले आगामी माघ २२ गतेदेखि २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ। ‘Baleyo Experience: Technology & Lifestyle’ नाम दिइएको यो कार्यक्रम सागर ग्रुपले आयोजना गर्दै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।

ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नयाँ प्रवृत्ति, नवीन उत्पादन र बजारको अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको सागर ग्रुपले जनाएको छ । सागर ग्रुपकी भाइस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले यस्ता कार्यक्रमले ब्राण्ड र ग्राहकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छिन् ।

एक्स्पोमा प्रमुख प्रायोजक x-Lab सहित Brother, Konica Minolta, Kaspersky, NEC, Micropack, iDP तथा Odoo लगायतका ब्राण्डका उत्पादन तथा सेवाबारे जानकारी लिन सकिनेछ। सम्बन्धित ब्राण्डका प्रतिनिधि तथा प्राविधिकहरूबाट डेमो, परामर्श र आवश्यक जानकारी प्रदान गरिनेछ ।

एक्स्पो अवधिभर उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले विशेष छुट र अतिरिक्त सेवा पाउनेछन् । साथै x-Lab, Brother र Konica Minolta ले नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै विभिन्न प्रोडक्ट ट्रेनिङ कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ।

६ दिनसम्म सञ्चालन हुने एक्स्पो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ । आगन्तुकहरूलाई हाई टी र गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै हरेक दिन एक जना भाग्यशाली आगन्तुकलाई लक्की ड्रमार्फत Micropack को गेमिङ कम्बो सेट उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »