बीपी राजमार्ग वर्षाअघि नै सञ्चालन योग्य बनाउन मन्त्री चौलागाईंको निर्देशन

काठमाडौँ । भौतिक  पूर्वाधार तथा यातायातमन्त्री माधव प्रसाद चौलागाईंले बाढी–पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण गरेका छन् । बिहीबार मन्त्री चौलागाईं, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा.विजय जैसीसहितको उच्च अधिकारीहरूको टोलीले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडक खण्डको स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा मन्त्री चौलागाईंले निर्माण कम्पनीलाई कामको गति बढाउँदै तोकिएको समयमै गुणस्तरीय पुनर्निर्माण सम्पन्न गर्न निर्देशन दिए । साथै उनले आगामी वर्षायाम सुरु हुनुअगावै यातायात सञ्चालनमा सहजता ल्याउने गरी काम गर्न र आवश्यक समन्वय मिलाउन सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन् । गत वर्ष २०८१ असोज दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले यो राजमार्ग करिब २९ किमी क्षतिग्रस्त बनेको छ ।

साथै गत असोजको तेस्रो साता परेको अविरल वर्षाले पुनः क्षति पुगेको यो राजमार्ग अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । हाल स्थायी पुनर्निमाण पनि सुरु भइसकेको छ । करिब २९ किलोमिटर यो सडक चार प्याकेजमा विभाजन गरिएकोमा तीनवटा प्याकेजको ठेक्का लागेर दुई वर्षभित्र सम्पन्न गर्ने गरी पुनर्निर्माण सुरु भएको छ । एउटा प्याकेज जाइकाले पुनर्निर्माण गर्ने सहमति भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »