एमाले अध्यक्ष ओलीको प्रश्न– आगो लगाएर मार्ने उनीहरु अनि हत्यारा हुने केपी ओली ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समूहहरूले नियोजित रूपमा अराजक अवस्था सिर्जना गरेर त्यसको दोष आफूहरूलाई थोपर्ने प्रयास गरेको बताएका छन् । झापामा स्थानीयवासीसँगको भेटघाटका क्रममा बोल्दै उनले यस्ता गतिविधि राष्ट्रविरोधी मानसिकताबाट प्रेरित भएको दाबी गरे।

उनले भदौ २३ र २४ गते घटेका हिंसात्मक घटनालाई स्मरण गर्दै केही तत्वहरूले देशभर अस्थिरता फैलाउने उद्देश्यले उपद्रव मच्चाएको बताए। आफूले पहिले नै सम्भावित जोखिमबारे सतर्क गराए पनि पूर्ण रूपमा रोक्न नसकिएको उनको भनाइ थियो।

ओलीले आगजनी र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूले उल्टै आफूलाई हत्यारा र षड्यन्त्रकारीको रूपमा चित्रित गर्न खोजेको गुनासो गरे। “आगो लगाएर मानिस मार्ने उनीहरू, अनि हत्यारा चाहिँ केपी ओली हुने ?” भन्ने प्रश्न गर्दै उनले त्यस्ता आरोपलाई असत्य र नियोजित प्रचारको संज्ञा दिए।

प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश दिने भन्ने धारणा गलत रहेको उनको जिकिर थियो। उनले सुरक्षाकर्मीहरूले परिस्थितिअनुसार निर्णय लिने बताउँदै आफूले गोली चलाउने निर्देशन दिएको आरोप निराधार भएको दाबी गरे। प्रधानमन्त्रीलाई यस्तो घटनाको तत्काल जानकारीसमेत नहुन सक्ने उनले उल्लेख गरे।

भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शन, तोडफोड, आगजनी र सुरक्षाकर्मीको कारबाही हुँदा धेरैले ज्यान गुमाएका थिए। उक्त घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता उनले पटक–पटक आफू निर्दोष रहेको र घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। उनले झुटा प्रचार र आरोपको सामना गर्न सत्य तथ्य नागरिकसम्म पुर्‍याउनुपर्ने आवश्यकता पनि औंल्याए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »