रौतहटमा रास्वपाको चुनावी प्रचार गाडीको ठक्करबाट बालिकाको मृत्यु

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । आज दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् ।

प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर ४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पु¥याएका थिए ।

तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो । प्रादेशिक अस्पतालमा उपचारकै क्रममा दिउँसो २ः४५ बजे बालिकाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटना लगत्तै प्रहरी टोलीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ । रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको चुनावी प्रचारको गाडी रहेको बुझिएको छ ।

प्रहरीका अनुसार फरार रहेका चालकको खोजी कार्य तिव्र पारिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »