अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए ।

रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।

त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए ।

दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »