गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा

नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीसम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालय, नुवाकोट पुगेका छन् ।

निरीक्षण अनुगमनको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले र गृहमन्त्री अर्यालको सचिवालय सदस्यहरुको सहभागी थियो । यसक्रममा गृहमन्त्री अर्यालले आसन्न निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएर जिल्लामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।

निरीक्षणका क्रममा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले कार्यालयले हालसम्म गरिएका तयारी बारे टोलीलाई जानकारी गराएका थिए ।

बैठकमा जिल्लास्थित सबै सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस्तै, बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

गृहमन्त्री अर्यालसहितको टोलीले यसअघि पनि भक्तपुर र काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण तथा अनुगमन गरिसकेका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »