प्रधानसेनापति खुला म्याराथनमा सेनाका रोकाय प्रथम

कठमाडौं : यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता’मा नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका छन् ।

महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा आयोजित उक्त प्रतियोगितामा सेनाकै हुद्धा खड्गबहादुर खड्काले दोस्रो स्थान प्राप्त गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ । हाफ म्याराथनमा पुरुषतर्फ सेनाका अमल्दार गजिन्द्र राईले निर्धारित दूरी एक घण्टा चार मिनेट ४५ सेकेन्डमा पूरा गरी प्रथम भए ।

महिलातर्फ सन्तोषी श्रेष्ठले निर्धारित दूरी एक घण्टा १४ मिनेट ३१ सेकेन्डमा पूरा गरी प्रथम भएको निर्देशनालयले जनाएको छ । ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ आयोजित ११औँ संस्करणमा ४२.१९५ किलोमिटर खुला म्याराथन र २१ किलोमिटर हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत १० किलोमिटर दूरीको छात्र तथा छात्रा, सैनिक अधिकृत, सैनिक सहचारी तथा पाँच किलोमिटर दूरीको आधारभूत विद्यालय तहका छात्र/छात्रा र पाँच किलोमिटर वाकाथन विधा समावेश थियो ।

प्रतियोगिताका विजयी धावकलाई प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानसेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष, बलाधिकृत, नेपाल सरकारका सचिव तथा काठमाडौं महानगरपालिका प्रतिनिधिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण

Read More »

रवि लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ। जिल्ला अदालतका

Read More »

ऋण लिँदैमा जहाजै डुब्ने,आकाशै खस्ने होइन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको

Read More »

आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ : प्रतिनिधि सभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

Read More »

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ : सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन

Read More »

सरकारका राम्रा कामको समर्थन गर्छौं : राप्रपा नेता शाही

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

Read More »