दीपेन्द्रको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकीय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्रले १९औं ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का प्रहार गर्दै ४४ बलमा अर्धशतक पूरा गरेका थिए । यस क्रममा उनले ३ चौका र २ छक्का हाने ।

दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे ।

सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । यो नै नेपाली इनिङ्सको उच्च साझेदारी हो । यस्तै छैटौं विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रनको साझेदारी गरे । यही दुई साझेदारीले नेपालको स्कोर हेर्नलायक बनेको थियो ।

यस बाहेक लोकेश बमले १५ बलमा १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन संघर्ष गर्नुपर्‍यो ।

पावर प्लेमा कमजोर ब्याटिङ

नेपालले वेष्ट इन्डिज विरुद्ध ६ ओभरको पावर प्लेमा ३ विकेट गुमाएर जम्मा २२ रन मात्र बनाएको थियो । टी-२० विश्वकपमा नेपालको पावर प्लेमा सबैभन्दा कम स्कोर हो  । यसअघि सन् २०२४ मा बंगलादेश विरुद्ध २४-४ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेल लगातार दोस्रो खेलमा सिंगल डिजिटमा आउट भए । उनलाई पहिलो ओभरमै वेष्ट इन्डिजका अकिल होसेनले बोल्ड गरेका थिए ।

त्यसपछि रोहित पौडेल ५, आसिफ शेख ११, आरो शेख २ र लोकेश बम ११ रनमा आउट हुँदा नेपालले ४६ रनमै ५ विकेट गुमाएर संघर्ष पूर्ण अवस्थामा थियो । तर त्यसपछि दीपेन्द्रले गुल्सद्द झासँग मिलेर नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । गुल्सन पनि ११ रनमा आउट भएपछि दीपेन्द्र र सोमपाल मिलेर अर्धशतकिय साझेदारी गरेपछि नेपालले स्कोर बढाएको थियो ।

दीपेन्द्र अन्तिम ओभरमा आउट हुनुअघि सोपमलासँग ५४ रनको साझेदारी गरेका थिए । बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए ।

सोमपालको कीर्तिमान

यसै खेलबाट सोमपाल कामी नेपालको लागि तीन टी२० विश्वकप खेल्ने एक मात्र खेलाडी बने । उनले पहिलो इनिङ्समा आठौं नम्बरमा ब्याटिङ गरेका थिए । अघिल्ला दुई खेलमा बेन्चमा रहेका मिडियम पेसर सोमपाल कामीले वेष्ट इन्डिज विरुद्ध स्पीनर शेर मल्लको स्थानमा पहिलो रोजाईँमा अटाएसँगै इतिहास रचे ।

यसअघि नेपालले दुवै खेलमा दुई प्रोपर स्पीनर खेलाएपनि वेष्ट इन्डिज विरुद्ध भने सन्दीप लामिछाने एक मात्र स्पीनरको रुपमा पहिलो रोजाईँमा छन् भने नेपाली टिममा रहेका सोमपालहसति चारै मिडियम पेसर र पार्ट टाइम मिडियम पेसर आरिफ शेख समेत पहिलो रोजाइमा खेलेका छन् ।

सोमपाल नेपालले खेलेको तीन वटै टी-२० विश्वकप खेल्ने एक मात्र खेलाडी बने । सोमपालले सन् २०१४ मा बंगलादेशमा भएको टी२० विश्वकपमा नेपालले डेब्यु गर्दा पहिलो पटक खेलेका थिए । डेब्यु विश्वकप देखि नेपालले खेलेको त्यसपछिका दुवै विश्वकप खेलेपछि सोमपाल नेपालबाट तीन विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बनेका हुन् । उनले टी२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल पनि खेलेका छन् ।

समूह सी मा यसअघि इंग्ल्याण्ड र इटलीसँग पराजित भइकसको नेपाललाई सुपर एटको अंकगणितलाई कायम राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ । आजको खेलमा पराजित भएकमा भने नेपाल समूहको अन्तिम खेलअघि नै सुपर एटको होडबाट बाहिरिनेछ ।

गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी

Read More »

नेविसंघ अध्यक्षद्वारा गगनलाई विद्यार्थी संगठन खारेज गर्ने निर्णयबारे धारणा सार्वजनिक गर्न आग्रह

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसका सभापति गगन थापालाई विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टीको आधिकारिक

Read More »

सुनको मूल्यमा गिरावट: आज ३ लाख रुपैयाँ नजिक

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार

Read More »

दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रवर्द्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको

Read More »

विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् ।  सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी

Read More »

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङसहितका सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५०

Read More »