अमेरिकी उप-विदेशमन्त्री वर्मा नेपाल आइपुगे

काठमाडौँ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन् । उनी अहिले अमेरिकी दुतावासमा दुतावासका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् ।

उप विदेशमन्त्री वर्माले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ । भारतका उनी पूर्व अमेरिकी राजदूत पनि हुन् । दूतावास स्रोतका अनुसार उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक उपविदेश मन्त्री वर्मा नेपाललाई नजिकबाट बुझेका व्यक्तिमा पर्छन् । अमेरिकी विदेश मन्त्री एंथनी ब्लिकंनले वर्मालाई युक्रेनको आर्थिक अवस्था सुधारका लागि विशेष प्रतिनिधिमा पनि नियुक्त गरेका छन् ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »