झण्डा जलाउनेलाई जनताले अस्वीकार गर्नेछन् : पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको झण्डा जलाइएको घटनाप्रति आक्रोश व्यक्त गर्दै झण्डा जलाउनेलाई निर्वाचन मार्फत जनताले अस्वीकार गर्ने विश्वास व्यक्त गरेका छन्।

नेकपा (एमाले) बाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै यस्ता गतिविधिलाई अराजक र आपराधिक प्रवृत्तिको संज्ञा दिए ।

उनले लेखेका छन् – “अराजकता र उदण्डता कुनै नयाँपन होइन, त्यो अपराध हो । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।”

पार्टीको झण्डा तथा चुनाव चिन्ह जलाइएको घटनापछि उम्मेद्वार पोखरेलले यसलाई लोकतान्त्रिक अभ्यासविरुद्धको गतिविधि भएको उल्लेख गरेका छन्। उनले जनतालाई संयमित रहन र लोकतान्त्रिक प्रक्रियामार्फत यस्ता कार्यको जवाफ दिन आग्रह गरेका छन् ।

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »