ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा हल्का सुधार देखिएको सोमबारसम्म संकलित चार दिने सर्वेक्षणका अनुसार, इरानसँग युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता घोषणा हुनुअघि र पछिको अवधिमा जनधारणामा केही परिवर्तन देखिएको हो । उक्त सम्झौताले पेट्रोलियम मूल्य घट्न सहयोग गरेको बताइएको छ ।

सर्वेक्षणअनुसार हाल ट्रम्पले जीवनयापन खर्च व्यवस्थापनमा पाएको समर्थन २४ प्रतिशत पुगेको छ, जुन एक हप्ता अघि २२ प्रतिशत र एक महिना अघि २० प्रतिशत थियो । त्यस्तै, यस विषयमा असन्तुष्टि जनाउनेहरूको संख्या ७३ प्रतिशतबाट घटेर ६९ प्रतिशतमा आएको छ । इरान र इजरायलबीचको तनावपछि सुरु भएको द्वन्द्वका कारण पेट्रोल मूल्य बढेको थियो । पछिल्ला हप्ताहरूमा शान्ति वार्ताको आशाले मूल्य केही घटे पनि अमेरिकामा पेट्रोल अझै युद्धअघि भन्दा करिब प्रति ग्यालन १ डलर बढी रहेको बताइएको छ ।

सर्वेक्षणले ट्रम्पको लोकप्रियता अझै पनि उनको राजनीतिक करियरकै कमजोर स्तर नजिक रहेको देखाएको छ । ग्रामीण मतदाता र धार्मिक समूहहरू जस्ता उनको परम्परागत आधारमा समेत समर्थन घटेको संकेत देखिएको छ । सर्वेक्षणमा सहभागीहरूको ठूलो हिस्साले जीवनयापन खर्च व्यवस्थापनमा ट्रम्पको प्रदर्शनलाई पूर्वराष्ट्रपति जो बाइडेनको तुलनामा कमजोर मूल्याङ्कन गरेका छन् । अनलाइन माध्यमबाट गरिएको यस सर्वेक्षणमा १ हजार ५३७ अमेरिकी वयस्कहरू सहभागी थिए ।

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »