आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौँ : आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारी प्रवद्र्धन गर्नु यो दिवसको उद्देश्य हो । यो दिवस सन् २०००देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) महासभाको आह्वानमा हरेक वर्ष फेब्रुवरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो ।

यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तरराष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो । यसैबीच, अन्तरराष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले सहिद स्मृति दिवसका साथ एक कार्यक्रम आयोजना गर्ने जनाएको छ । शुक्रबार यसै अवसरमा भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरेको थियो ।

त्यस अवसरमा उक्त मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका साथै नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमान उपस्थित थिए। युनेस्कोका अनुसार भाषाका माध्यमबाट विकासमा, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न, सहकार्य सुदृढ बनाउन र सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । राहदानी छपाई

Read More »

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »