चलचित्र विकास बोर्डको अध्यक्षमा ६ जनाको आवेदन

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको १५ दिनको समयमा ६ जनाले आवेदन दिएका हुन् ।

स्रोतका अनुसार अध्यक्षका लागि फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्ड सदस्य अर्जुनकुमार डंगोल, निर्देशक दीपा पाण्डे बस्नेत र बोर्ड सदस्य प्रकाश भट्टराईले आवेदन दिएका हुन्।

सञ्चार मन्त्रालयले निवर्तमान अध्यक्ष भुवन केसीको केसीको कार्यकाल सकिएसँगै साउन १६ गते १५ दिनको समय दिएर आवेदन मागेको थियो । ६ जनाको आवेदन परेपनि मुख्य भिडन्त भने डीसी र मानन्धरबीच हुने आंकलन गरिएको हो ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले नै सञ्चार मन्त्रालयको नेतृत्व गरिरहेको हुँदा एमाले निकटले नै नियुक्ति पाउने पक्का रहेको छ । त्यसको त आवेदन दिएका सबैएमाले निकट कलाकार हुन् । दिनेश लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनीएमाले निकट चलचित्र कर्मीहरुको संगठनका अध्यक्षसमेत हुन् । मानन्धर पनि केही वर्षअघि एमाले प्रवेश गरेकी नेतृ हुन् । उता फिल्म वितरक अर्जुनकुमार डंगोल पनि एमाले निकट मानिन्छन् । उनी यसअघि एमालेको कोटाबाट विकास वोर्डमा सदस्य रहिसकेका छन् । थापा पनि एमाले निकटनै कलाकार हुन् ।

सबै आकांक्षी एमाले निकट भएपछि डीसी र मानन्धरलाई मुख्य प्रतिस्पर्धी हेरिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ डीसीप्रति सकारात्मक बन्दा एमालेका महिला नेतृमार्फत करिश्माले प्रधानमन्त्री केपी ओलीसमक्ष लबिइङ बढाईरहेकी छन् ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »