सुदूरपश्चिममा डेङ्गुको कहर : तीन वर्षमा ७ हजारभन्दा बढी सङ्क्रमित

कैलाली । सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ६ सय ८३ पुगेको छ। स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सङ्क्रमणको ग्राफमा केही उतारचढाव देखिए पनि जोखिम भने अझै टर्न सकेको छैन। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ३ हजार ३ सय ४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। आव २०८१/८२ मा यो सङ्ख्यामा सामान्य कमी आएर ३ हजार ३ सय १६ पुगे पनि जोखिम कायमै रह्यो। चालु आर्थिक वर्षको हालसम्म मात्रै प्रदेशमा १ हजार १८ जना डेङ्गुबाट प्रभावित भइसकेका छन्। अधिकृत जोशीका अनुसार विशेषगरी तराईका जिल्लाहरूमा यसको प्रभाव बढी देखिएको छ।

निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेङ्गुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन्। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण तराईमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत डेङ्गुका बिरामी फेला पर्न थालेका छन्। यो रोग ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको नियन्त्रणका लागि व्यक्तिगत सतर्कता र सचेतना नै मुख्य उपाय भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय तहले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिँदै आएका छन्। यद्यपि नागरिकस्तरबाट घर वरपर पानी जम्न नदिने र व्यक्तिगत सुरक्षाका उपाय अपनाउनमा कमी आउँदा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। निर्देशनालयले ज्वरो आउने, जोर्नी दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन सबैमा आग्रह गरेको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »