नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट उम्मेदवारी दिएका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । ‘जाँतो’ चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा होमिएका चौधरी निर्वाचनको ९ दिनअघि रास्वपामा समाहित भएका हुन् ।

उनलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, सोही क्षेत्रका रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द तथा हरि रेग्मीलगायत नेताहरूले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् । रेशम चौधरी संरक्षक रहेको नाउपाले कैलालीका पाँच वटै क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको थियो ।

थारू समुदायका मुद्दा र सरोकारका विषयमा रास्वपाले उठाएका एजेन्डाहरू चित्त बुझेका कारण चौधरी उक्त पार्टीमा आबद्ध भएका केन्द्रीय सदस्य लक्ष्मण थारूले बताएका छन् । पार्टी परिवर्तन गरे पनि कानुनी र प्राविधिक रूपमा चौधरीको उम्मेदवारी भने कायमै रहनेछ ।

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। महासंघले आजका

Read More »

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ : चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)को राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता भएको छ ।

Read More »

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार

Read More »

मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब गरियो  : अध्यक्ष सिटौला

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले राज्यले यातायात क्षेत्रलाई चरम उपेक्षा गरेको बताएका छन्। संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरोकारवालाको तर्फबाट

Read More »

बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु

रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी

Read More »

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »