विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताए पनि विगतका कुन अर्थमन्त्रीले त्यसो गरेको हो भनेर नाम भने बताएनन् ।

यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले करका दर हेरफेरको विषयमा छानबिन हुनुपर्ने र त्यो आफूबाट सुरु गरे पनि हुने बताएका थिए । विगतदेखिको समेत हेरेर भए पनि यसपटक भएको करका दर हेरफेरको छानबिन हुनुपर्ने माग राखेका थिए ।

तर, राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री वाग्लेले आफूमथि अनावश्यक प्रश्न उठाइएको दाबी गरे । उनले भने, ‘यी राजद्रोहका विषय होइनन्, यी देशद्रोहका विषय थिएनन् । र, अर्थमन्त्रीले कुटुकुटु रातभरि बसेर कर चलायो के के गर्‍यो भन्ने खालका आरोपहरूप्रति मेरो खेद छ ।’

यस्तो अभ्यास विगतमा पनि भएको उल्लेख गर्दै उनले थपे, ‘गत वर्ष ७३ वटा दरहरू हेरफेर गरिएको थियो ।’

पूर्वअर्थमन्त्री पुनतर्फ संकेत गर्दै डा. वाग्लेले थपे, ‘एकजना अर्थमन्त्री कुर्लिरहेको मैले देखेँ । उहाँको पालामा पनि २४ वटा संशोधनहरू गर्नुभएको रहेछ । बरु ति चाहिँ विश्लेषण योग्य छन् । वस्तुका दरहरू इत्यादि दर्जनौं हेरफेर गरिएको छ ।’

त्यसबेला भएको हेरफेर पारदर्शी ढंगले नभएको आरोप लगाए । आफूले पारदर्शिता कायम गरेको बताए ।

‘मैले त बकाइदा चिठी लेखेर गरेको छु, सांसद ज्यूहरूको हातमा पर्नु भन्दा अगाडि यो सच्याइएको पाना हुनुपर्छ भनेर संसद्का महासचिवलाई चिठी नै लेखेको छु’, उनले भने । सांसदहरूको हातमा सच्याइएको पाना परेपछि कमा र फुलिस्टप समेत संशोधन नभएको पनि उनले बताए ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »