सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, १३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ ।

कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् । बैंकिङ समूह शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ४७, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव ३०, जीवन बिमा एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८३, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ३५ अङ्कले बढेको छ ।

आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

रुपन्देहीमा माइक्रो बसहरू आपसमा ठोक्किँदा २ जनाको मृत्यु, २७ घाइते

बुटवल । रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह गणेशनगरस्थित नजिक माइक्रो

Read More »

बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना

Read More »

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी दलको सुझाव

काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । बुधबार सिंहदरबारमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलको

Read More »

अंग प्रत्यारोपणमा किष्ट अग्रणी, १५औं कलेजो प्रत्यारोपणले कायम गर्‍यो नयाँ कीर्तिमान

काठमाडौं, नेपाल । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस

Read More »

खैरो हेरोइनसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ घर भएका २५ वर्षीय बाबु

Read More »

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक

Read More »