हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना मन्त्रालयले बुधवार पत्र लेख्दै वैशाख २१ गतेभित्रै योजनाको विवरण बुझाउन अल्टिमेटम दिएको हो ।
मन्त्रालयले प्रदेश सभाका सदस्यहरूलाई पत्राचार गर्दै ६ दिनको समयसीमाभित्र बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका, २०८३ अनुसारका योजनाहरू माग गरेको छ ।








