नेकपाले प्रत्यक्षमा ६५ भन्दा धेरै सिट जित्छ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपाले ६५ भन्दा धेरै सिट जित्ने दाबी गरेका छन् ।

उनले नेकपाले ६५ देखि ७० सीटसम्म प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको दाबी गरेका हुन् । आज पार्टी कार्यालय पेरिसडाँडामा वाम बुद्धिजीविहरूसँगको छलफलमा प्रचण्डले यस्तो बताएका हुन् । निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढि मेहनत गरेर नतिजा झनै राम्रो आउनसक्ने उनको विश्वास छ ।

यो निर्वाचनमा नेकपा अरूभन्दा अघि रहेको कुरा विरोधीहरुले समेत भन्न थालेको भन्दै पहिलो दल हुन सकिने प्रचण्डको दाबी छ । दाहालले भने,‘अब निष्पक्ष निर्वाचन हुने हो भन्दा हाम्रो रिजल्ट राम्रै हुने देखिन्छ। पहिलाको भन्दा राम्रो हुन्छ त हाम्रा कट्टर विरोधीले नि भन्न थाल्या छन् ।

अब कतिपयले त रिपोर्ट निकाल्दा खेरि होइन यिनीहरू त अप्रत्याशित रूपमा धेरै आउने भए, ६५ देखि ७० सम्म सिट त यिनले प्रत्यक्षमै जित्ने भए भन्ने पनि भन्न थालेका छन्।’ नेकपाले भोलि अपरान्ह २ बजेको लागि निर्वाचन परिचालन समितिको बैठक बोलाएका छन् । भोलि दिउँसो ३ बजे भने पत्रकार सम्मेलन गरेर अपिलसमेत जारी गरिने जनाईएको छ ।

मन्त्रालयको बोर्डबाटै ‘यातायात’ शब्द गायब गरियो  : अध्यक्ष सिटौला

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले राज्यले यातायात क्षेत्रलाई चरम उपेक्षा गरेको बताएका छन्। संसद्को पूर्वाधार विकास समितिको बैठकमा सरोकारवालाको तर्फबाट

Read More »

बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु

रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी

Read More »

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »