अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे ग्रेस टेमसँग माफी

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले बाल यौन दुर्व्यवहार भोगेर आएकी अधिकारकर्मी ग्रेस टेमसँग माफी मागेका छन् । अल्बानेजले टेमलाई ‘गाह्रो’ भनेर टिप्पणी गरेपछि विवाद चर्किएको थियो ।

प्रधानमन्त्री अल्बानेजले आफूले टेमले भोगेको कठिनाइलाई लक्षित गर्दै सो शब्द प्रयोग गरेको तर यसको गलत अर्थ लागेको भन्दै माफी मागेका हुन् । 

एक शब्दमा प्रतिक्रिया दिने खेलका क्रममा अल्बानेजले सन् २०२१ की ‘अस्ट्रेलियन अफ दि इयर’ टेमलाई ‘डिफिकल्ट’ भनेका थिए । यसप्रति प्रतिक्रिया दिँदै ३१ वर्षीया टेमले यो शब्द भनेको नमान्ने महिलालाई लक्षित गर्ने ‘मिसोजिनिस्टको कोड’ भएको टिप्पणी गरेकी छन् । तर इतिहासले यस्ता महिलालाई साहसी भनेर चिन्ने उनको भनाइ थियो ।

विवाद बढेपछि प्रधानमन्त्री अल्बानेजले स्पष्टीकरण दिँदै आफूले टेमले जीवनमा भोगेका कठिनाइतर्फ सङ्केत गर्न खोजेको बताएका छन् । 

यदि कुनै गलत बुझाइ भएको भए म माफी चाहन्छु,’ उनले भने । टेमले अत्यन्त कठिन जीवन भोगेकी तर त्यसलाई अरूको हितमा रूपान्तरण गरेकोमा उनलाई ठुलो श्रेय जाने अल्बानेजले बताएका छन् । तर टेमले प्रधानमन्त्रीको माफी अस्वीकार गर्दै इन्स्टाग्राममा तीखो प्रतिक्रिया दिएकी छन् । 

मलाई निच नदेखाउनुहोस्, बुढो मान्छे । हामी सबैलाई थाहा छ तपाईँले के भन्न खोज्नुभएको थियो’ उनले लेखेकी छन् ।  यसैबिच, अस्ट्रेलियन ग्रीन्सकी नेतृ लारिसा वाटर्सले पनि अल्बानेजको टिप्पणी पूर्णतः अनुचित भएको बताएकी छन् । ‘महिलालाई ‘अप्ठ्यारो’ भन्ने लेबल लगाएर हामीलाई चुप गराउन सकिँदैन । अर्को पटक ‘अडिग’, ‘योद्धा’ वा ‘साहसी’ भन्नुहोस्, प्रधानमन्त्रीज्यू’ उनले भनेकी छन् ।

टेम १५ वर्षको उमेरमा आफ्नै शिक्षकद्वारा यौन शोषणमा परेकी थिइन् । पछि उनले तास्मानियामा पीडितहरूलाई आफ्नो अनुभव सार्वजनिक गर्न रोक लगाउने कानुन उल्ट्याउन महत्त्वपूर्ण अभियान चलाइन् । 

उनको यस प्रयासका कारण २०२१ मा ‘अस्ट्रेलियन अफ दि इयर’ घोषित गरिएको थियो । पछिल्लो समय टेम प्रो–प्यालेस्टाइन र्यालीमा ‘इन्तिफादालाई विश्वव्यापीकरण गर’ भन्ने अभिव्यक्तिका कारण पनि आलोचनामा परेकी थिइन् ।

केहीले यसलाई हिंसात्मक आह्वान भनेका छन् भने समर्थकहरूले यसलाई शान्तिपूर्ण प्रतिरोधको सन्देशका रूपमा व्याख्या गरेका छन् ।

बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु

रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी

Read More »

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »