मलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले फ्याक्ट्री खोलेका छन् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले  फ्याक्ट्री खोलेको बताएका छन् । बुटवलमा नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको चुनावी सभामा सभापति थापाले आफूलाई अपमान गर्न ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरेर उपयुक्त समयमा सार्वजनिक गर्ने काम भइरहेको बताए ।

‘केही नयाँ र केही पुराना पार्टीले मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो । त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो जनजातिको बारेमा मैले अपमानजनक शब्द प्रयोग गरे भनेर भिडियोको अगाडीको भाग काटिएको प्रसङ्ग मात्र राखिएको छ,’ थापाले भने ।

उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न नबसी मतदाताका घर–घरमा जान आग्रह गरे । ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिन मात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस्,’ सभापति थापाले भने ।

उनले पार्टीका नेता कार्यकर्तालाई नौजवानका कुरा सुन्न पनि आग्रह गरे । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ सङ्कल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टी पङ्क्तिलाई आग्रह गरे । सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »