देश बिगार्ने र बनाउनेबिचको लडाइँ नै यो निर्वाचन हो : सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष सन्तोष परियारले आसन्न निर्वाचन पुरानो र नयाँ विचारबिचको टकराव तथा देश बिगार्ने र बनाउनेहरू बिचको लडाइँ भएको बताएका छन्। शनिबार काठमाडौँ क्षेत्र नम्बर १ का प्रलोपा उम्मेदवार सविन सिग्देलको  घरदैलो कार्यक्रम पश्चात बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष परियारले मतदाताहरूलाई सचेततापूर्वक निर्णय गर्न आग्रह गरे ।

कोणसभामा बोल्दै अध्यक्ष परियारले पुराना र ठुला भनिने राजनीतिक दलहरूले लामो समय सत्ता चलाए पनि भ्रष्टाचार, नातावाद र कृपावादका कारण देश बन्न नसकेको आरोप लगाए। उनले जतिसुकै पढेलेखेका भए पनि युवाहरूले देशभित्रै रोजगारी पाउन नसकेको यथार्थ औँल्याउँदै अबको निर्वाचनलाई महिला, युवा, गरिब, दलित र सीमान्तकृत वर्गको पक्षमा अन्तिम फैसला गर्ने अवसरको रूपमा लिन मतदातालाई आह्वान गरे।

प्रलोपा अन्य पार्टीजस्तो सामान्य दल नभई जनआन्दोलनको मर्म र भावनालाई केन्द्रमा राखेर गठन भएको क्रान्तिकारी पार्टी भएको उनको दाबी थियो। समावेशी नेतृत्वको अभ्यास गरिरहेको यस पार्टीले मात्रै राष्ट्रको रक्षा गर्न सक्ने भन्दै उनले काठमाडौँ-१ का उम्मेदवार इन्जिनियर सबिन सिग्देललाई मतदान गर्न अपिल गरे।

परियारले सिग्देललाई एक पेसाकर्मी, युवा र भ्रष्टाचारमुक्त प्रतिनिधिको रूपमा चिनाउँदै देश विकासको सामर्थ्य उनीसँग भएको बताए। उनले लोकतन्त्र र संविधानको रक्षा गर्दै युवाहरूलाई रोजगारी दिन पार्टीको चुनाव चिह्न ‘आँखा’मा मतदान गर्न अनुरोध गरे।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार सबिन सिग्देलले भ्रष्टाचार र बेथितिविरुद्ध लडेका सहिद तथा युवाहरूको रगतको मूल्य खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। उनले देश हाल दुई किसिमका अतिवादको गम्भीर खतरामा रहेको औँल्याए। जुनसुकै हालतमा शासन सत्तामा टिकिरहन चाहने पुराना दलहरूको एउटा अतिवाद र टिभीको रिमोट थिचेजस्तै जादुमय ढंगले रातारात देशको कायापलट हुन्छ भन्ने अर्को लोकप्रियतावादी अतिवाद दुवै समाजका लागि घातक रहेको उनले बताए।

यी दुवै अतिवादले ठूलो जनसमुदायलाई किनारामा राख्ने भन्दै सिग्देलले आफू र आफ्नो पार्टी लोकतान्त्रिक विधि र पद्धतिमा विश्वास गर्ने विकल्पका रूपमा मैदानमा आएको प्रष्ट पारे। उनले न्यायप्रेमी मतदातालाई विवेक प्रयोग गरी आँखा चुनाव चिह्नमा मतदान गरेर विधिको शासन मान्ने युवा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग इन्चार्ज ओम शर्मा लगायतका नेता, कार्यकर्ता र स्थानीय मतदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »