मतदाता शिक्षा आजदेखि सकिने, सोमबार राति १२ बजेदेखि मौन अवधि

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो ।

२५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो । भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरूले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् ।

यसैबीच, निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ ।

आयोगले दमकल, एम्बुलेन्स, शव वाहन खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने जनाएको छ । प्रतिनिधिसभाको निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »