मध्यपूर्वमा विकसित घटनाक्रमप्रति एनआरएनएको आग्रह : उच्च सतर्कता अपनाउनुहोला

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका तनावपूर्ण घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ ।

इजरायल र इरानसहित कतार, कुवेत, युएई र बहराइन जस्ता देशहरूमा रहेका करिब १९ लाख नेपालीहरूको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै संघले विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

संघका अध्यक्षद्वय डा। बद्री केसी र महेश कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रतिकूल परिस्थितिका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र नेपाली दूतावासले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ ।

संघले मध्यपूर्वमा रहेका नेपालीहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अनावश्यक यात्रा नगर्न र स्थानीय अवस्थाबारे निरन्तर जानकारी राख्न सुझाव दिएको छ । साथै, सुरक्षित रहनका लागि सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद् , संघको सचिवालय तथा नेपाली दूतावासहरूसँग नियमित सम्पर्कमा रहन समेत आग्रह गरिएको छ। वर्तमान अवस्था सामान्य नभएसम्म ती देशहरूमा गर्ने भनिएका भ्रमणका योजनाहरू स्थगित गर्न समेत संघले सूचित गरेको छ ।

यसैबीच, एनआरएनएले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर अनुगमन गरी उनीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »