इरानमाथि अमेरिका–इजरायलको आक्रमण जारी, ट्रम्पले गरे तीन देशका नेतासँग टेलिफोन वार्ता

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई)का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इजरायल, बहराइन र युएईका नेताहरूसँग कुराकानी गरेको र टेक्सासको अष्टिन सहरमा भएको गोलीकाण्डबारे पनि जानकारी लिएको बताइन् ।

पश्चिम एशियामा बढ्दो तनावका बीच अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन/अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण इरानमाथि गरेका छन् । आक्रमणपछि तेहरानसहित विभिन्न प्रमुख सहरहरूमा विस्फोटका घटनाहरू भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी आक्रमणमा मारिएको दाबी गरेका छन् । उनीसँगै उनकी छोरी, नाति/नातिनी, बुहारी र ज्वाइँ पनि मारिएको उल्लेख गरिएको छ । इरानले प्रतिकार स्वरूप बहराइन, युएई तथा अन्य खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ ।

यसैबीच, युएई रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको ठूलो इरानी आक्रमणपछि आफ्ना वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले उल्लेख्य संख्यामा हवाई खतरा निष्क्रिय पारेको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनलाई निष्क्रिय पारिएको छ । उक्त जानकारी भारतीय दूतावास अबुधाबीले समेत पुनःसाझा गरेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा खामेनीको मृत्यु ‘इरानी जनताका लागि न्याय’ भएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म ‘सटीक बमबारी’ निरन्तर जारी रहने चेतावनी दिएका छन् ।

यसैबीच, टेक्सासको अष्टिनस्थित एक चर्चित बारमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको सिबिएस न्युजले जनाएको छ । आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ । मध्यपूर्वमा चुलिँदो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तामा पारेको छ ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »