इजरायल–इरान द्वन्द्व क्षेत्रभरि फैलियो

काठमाडौँ : इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल, इरान र उसका सहयोगी समूहहरूबीचको द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ । अमेरिकी समर्थनमा इरानमाथि भएको ठूलो आक्रमण र इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्यापछि सुरु भएको तनावले क्षेत्रीय युद्धको रूप लिने संकेत देखिएको छ ।

तेहरान समर्थित शिया आन्दोलन हिजबुल्लाहले खामेनीको हत्याको बदलामा इजरायलतर्फ रकेट तथा ड्रोन प्रहार गरेको दाबी गरेपछि इजरायली सेनाले बेरुतसहित दक्षिणी लेबनानमा तीव्र आक्रमण गरेको जनाएको छ । सिडोन क्षेत्रमा सर्वसाधारण घर छाडेर भागेका छन् भने राजधानी बेरुतमा बिहानै विस्फोटका आवाज सुनिएको थियो ।

यसैबीच अमेरिकी सेनाले इरानभित्रका रणनीतिक लक्ष्यहरूमा कारबाही विस्तार गरेको छ । वासिङ्टनले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को मुख्यालय ध्वस्त पारेको जनाएको छ । इरानले त्यसको जवाफमा इजरायल, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र अन्य खाडी मुलुकतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको छ । तेल अभिव नजिक र बेत सेमेश क्षेत्रमा भएको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । जेरुसेलममा पनि घाइते भएका छन् ।

दोहा, दुबई र मानामामा समेत विस्फोटका खबर आएका छन् । खाडी क्षेत्रमा भएका जवाफी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ । इरानभित्र रेड क्रिसेन्टका अनुसार पछिल्ला आक्रमणमा २०१ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । इरानी न्यायपालिकाले खामेनीका सल्लाहकार अली शामखानी र रिभोलुसनरी गार्ड्सका प्रमुख जनरल मोहम्मद पाकपुर मारिएको पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो अमेरिकी सैनिकको मृत्युको बदला लिने बताउँदै कारबाही अझ कडा हुने चेतावनी दिएका छन् । पेन्टागनका अनुसार ‘एपिक फ्युरी’ नामक अपरेसनमा तीन अमेरिकी सैनिक मारिएका छन् । ट्रम्पले इरानी सुरक्षा बललाई हतियार त्याग्न आह्वान गर्दै प्रतिरोध गरे ‘निश्चित मृत्यु’ हुने चेतावनी दिएका छन् ।

तर इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिका सँग कुनै वार्ता नहुने स्पष्ट पारेका छन् । । राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्या मुस्लिमविरुद्धको युद्धको घोषणा भएको बताउँदै बदला लिने अधिकार सुरक्षित रहेको जनाए । खामेनीको मृत्युपछि आयातोल्लाह अलिरेजा अराफीलाई अन्तरिम नेतृत्व परिषद्मा जिम्मेवारी दिइएको छ ।

यसबीच लेबनानका प्रधानमन्त्री नवाफ सलामले हिजबुल्लाहको रकेट प्रहारलाई गैरजिम्मेवारपूर्ण कदम बताउँदै यसले देशलाई थप जोखिममा पारेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानको कराचीमा अमेरिकी वाणिज्य दूतावासमा आक्रमण प्रयास भएको छ भने १७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

इजरायल र अमेरिकाले इरानका नागरिकलाई शासनविरुद्ध उठ्न आह्वान गरेका छन् । शाहका छोरा रेजा पहलवीले पनि सही समय कुर्न आग्रह गरेका छन् । खामेनीको मृत्युलाई लिएर इरानभित्र मिश्रित प्रतिक्रिया देखिएको छ—कतै उत्सव, कतै अमेरिका विरोधी प्रदर्शन ।

तेहरानको आणविक कार्यक्रमबारे वार्ता चलेको दुई दिनमै भएको यो सैन्य टकरावले होर्मुज जलडमरूमध्यमा असर पारेको छ । इरानले जलमार्ग बन्द गर्ने चेतावनी दिएपछि जहाजमाथि आक्रमण भएका छन् र विश्व तेल बजारमा मूल्य वृद्धि भएको छ । अमेरिकी दाबी अनुसार नौ इरानी नौसैनिक जहाज डुबाइएका छन्, यद्यपि इरानले अमेरिकी विमानवाहक युएसएस अब्राहम ल्रिंकनलाई निशाना बनाएको दाबी गरेको छ, जसलाई पेन्टागनले अस्वीकार गरेको छ ।

यसरी इजरायल–इरान तनाव सीमित टकरावबाट क्षेत्रीय संघर्षतर्फ उन्मुख भएको देखिएको छ, जसले मध्यपूर्वको सुरक्षा सन्तुलन र विश्व अर्थतन्त्र दुवैलाई गम्भीर असर पार्ने संकेत दिएको छ ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »