पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

काठमाडौं : काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ। अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ।

शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ। जसकका कारण सवारी धनीहरु इन्धन भर्न लामबद्ध हुने गरेका हुन्।

विश्वको तेल भण्डारणको मुख्य हिस्सा ओगटेका मुलुकहरुमा बढ्दो तनाबका कारण विश्वव्यापी रुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि र उर्जा सकंट बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्।

त्यसैको प्रभाव स्वरुप आइतबार बेलुकादेखि नै काठमाडौंका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल किन्ने गाडि तथा उपभोक्ताहरुको भिड बढेको हो। उपभोक्ताहरुले घन्टौँसम्म कुरेर भएपनि गाडीमा डिजेल वा पेट्रोल भर्ने गरेका छन्।

यद्यपी, नेपाल आयाल निगमले भने फागुन २१ गतेको चुनाव र होलीका लागि हुने सावर्जनिक विदाका कारण पेट्रोल पम्पहरुमा भिड बढेको बताएको छ। होलीका कारण सोमबार ५३ जिल्लामा बिदा छ भने मंगलबार २४ जिल्लामा बिदा हुनेछ।

निगमका अनुसार सामान्य अवस्थाको तुलनामा आइतबार पेट्रोलको बिक्री ८८ प्रतिशत र डिजलको बिक्री ५० प्रतिशतसम्म बढेको छ।
निगमले पेट्रोल आइतबार ४ हजार ७०० किलोलिटर बिक्री भएको जनाएको छ। सामान्य अवस्थामा दिनमा २ हजार ५०० किलोलिटर पेट्रोल खपत हुने गरेको थियो।

यस्तै डिजल आइतबार ६००० किलोलिटर बिक्री भएको छ। सामान्य अवस्थामा दैनिक ४ हजार देखि ४ हजार ५०० किलोलिटर डिजल खपत हुने गरेको थियो। थानकोट डिपोबाट मात्रै आइतबार १ हजार ६५० किलोलिटर पेट्रोल र १ हजार २५० किलोलिटर डिजेल बिक्री भएको छ।

निगमसँग १ लाख २ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने क्षमता रहेको छ। जसले १३ दिनसम्मको नेपालको आन्तरिक माग धान्न सक्ने क्षमता राख्दछ।

विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

काठमाडौं : करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । विनियोजन विधेयकमाथिको छलफलमा

Read More »

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको

Read More »

विद्युत्‌ सम्बन्धी गुनासो भए ११५१ मा फोन गर्न ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको

Read More »

इथियोपिया बस दुर्घटनामा २८ जनाको मृत्यु

काठमाडौँ : उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्

Read More »

स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता

काठमाडौँ : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत

Read More »

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उद्योग पयर्टन वन

Read More »